काठमाडाैं, २० असार । चार दिनदेखि जुम्लामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको छ ।
केसीको स्वास्थ्य परीक्षणमा संलग्न चिकित्सक टोली नै फिर्ता भएपछि उनको स्वास्थ्यमा थप समस्या भएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।
स्थानीय प्रशासनले सहयोग नगरेको भन्दै चिकित्सक टोलीले उपचार गर्न नसक्ने घोषणासहित सोमबार साँझ केसीलाई छाडेको हो ।
डा. केसीको स्वास्थ्य बिग्रँदै गएको र तत्काल सुरक्षित स्थान अथवा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थानान्तरण गर्न पटक–पटक आग्रह गरे पनि प्रशासनले सहयोग नगरेको चिकित्सकहरूको भनाइ छ ।
‘केसीलाई राखिएको कभर्डहलमा उपचार सम्भव छैन । यस विषयमा प्रशासनलाई बारम्बार खबर गरे पनि प्रतिष्ठानमा लैजान दिएको छैन,’ उपचारमा संलग्न डा. प्रवीण गिरीले भने ।
कभर्डहलमा विद्युत् नभएकाले आवश्यक परीक्षणका उपकरण जडान गर्न नसकिएको र परीक्षणको जिम्मा फिर्ता लिएको उनले बताए ।














प्रतिक्रिया