१२ कार्तिक २०८३, बिहिबार

सरकार मुकदर्शक भएका बेला भारतले बनाएको बाँधलाई नेपालीहरूले भत्काइदिए

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी, २० असार । गण्डक नहरका कारण खेतीयोग्य जमिन डुबेपछि पीडित किसानले भारततर्फ जाने गण्डक नहरको बाँध भत्काएका छन् ।

खेतमा जमेको पानीको निकास नभएपछि सुस्ता गाउँपालिका– २ लक्ष्मीपुरका किसानले नहरको डिल भत्काएका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

रातको समयमा उनीहरूले डिल भत्काएर खेतमा जमेको पानी नहरमा पठाएको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए ।

भारतीय पक्षले पानीको निकासका लागि साइफल मर्मत नगर्दा बर्सेनि नेपालतर्फको खेतीयोग्य जमिन डुबानमा पर्ने गरेको छ ।

अध्यक्ष पाण्डेका अनुसार अहिले करिब तीन सय बिघा जमिन डुबानमा परेको छ । धानखेती डुबानमा परेपछि किसानहरूले नहरको डिल फुटाएको सुस्ता– २ का अध्यक्ष कृष्णलाल मुखियाले बताए ।

नहरको डिल काटेर पानी निकासी गराएपछि डुबानमा परेको खेतबाट पानीको सतह घट्न थालेको छ । सुुस्ता गाउँपालिका अध्यक्ष पाण्डेले भारतीय पक्षका जिम्मेवार निकायलाई यसबारे जानकारी गराइसकेको र भारतीय पक्षका प्रतिनिधि आएपछि छलफल गरिने बताए ।

भारतीय नहरकै कारण पटक पटक डुबान हुने गरे पनि भारततर्फबाट कुनै चासो नदिएको स्थानीयको भनाइ छ । नवलपरासीका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले समस्या समाधानको विषयमा भारतीय पक्षसँग छलफल सुरु गरिएको बताए ।