२१ कार्तिक २०८३, शनिबार

चार हात र चार खुट्टा भएको अनौठो शिशुुुुको मृत्यु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


धनगढी, १९ असार । कैलालीको टीकापुर अस्पतालमा आज बिहान जन्मिएको एउटा अनौठो शिशुको मृत्यु भएको छ । उक्त शिशुको एक टाउको, दुई मेरुदण्ड, चार हात र चार खुट्टा थियो ।

जानकी गाउँपालिका बस्ने २२ वर्षीया सीता चौधरीले अस्पतालमा आज बिहान यस्तो अनौठो बच्चा जन्माएकामा ११ बजेतिर बच्चाको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा नरेन्द्रकुमार खनालले बताउनुभयो ।

गएराति बेथा लागेपछि सीतालाई अस्पताल ल्याइएको थियो । ‘उहाँको गर्भावस्थामै यस्तो अनौठो बच्चा रहेको पत्ता लागेको थियो,’ डा खनालले भन्नुभयो, ‘तर बच्चा बँचेन ।’ शिशुको मृत्यु भए पनि उहाँको स्वास्थ्य सामान्य रहेको बताइएको छ । -रासस