२१ कार्तिक २०८३, शनिबार

कांग्रेस नेता डा.कोइरालाले भेटे गंगामाया अधिकारीलाई

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असार । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राजधानीस्थित वीर अस्पतालमा लामो समयदेखि आमरण अनसनरत गंगामाया अधिकारीलाई भेटेका छन् ।

अधिकारीको स्वास्थ्व अवस्थाबारे जानकारी लिन वीर अस्पताल पुगेका डा.कोइरालाले अधिकारीको अवस्था अत्यन्तै नाजुक रहेको बताए ।

कोइरालाले गंगामायाको मुद्दालाई द्वन्द्वकालीन समयको घट्नासँग जोडेर हेर्न नमिल्ने बताए । ‘गंगामायाको जस्ता धेरै त्यस्ता मुद्दा छन, ती मुद्दाहरूलाई द्वन्द्वकालीन घटनासँग जोडेर अपराधीलाई उन्मुक्ति दिन मिल्दैन’, डा.कोइरालाले भने ।

तत्कालीन समयमा ऐतिहासिक १२ बुँदे सम्झौतामा महत्वपूर्ण भूमिका खेलेका डा.कोइरालाले तत्कालीन समयको युद्धरतपक्ष शान्तिपूर्ण राजनीतिमा आएको यति लामो समय भैसक्दासमेत द्वन्द्वकालीन मुद्दाहरू अझै टुंगोमा पुग्न नसक्नु दुर्भाग्य भएको टिप्पणी गरे ।