काठमाडाैं, १९ असार । कान्ति बाल अस्पतालमा उपचाररत बालबालिकामा सर्वोच्च अदालतको आदेशविपरीत रोटा भाइरसविरुद्धको खोप परीक्षण भइररहेको छ ।
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले झाडापखालको उपचारका लागि अस्पतालमा ल्याइएका बालबालिकामा झन्डै दुई वर्षदेखि उक्त भ्याक्सिन परीक्षण गर्दै आएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।
तर, भ्याक्सिन परीक्षणबारे जिम्मेवार व्यक्तिलाई नै सामान्यबाहेक केही जानकारी छैन । कानुनतः अस्पतालका निर्देशक र विभागीय प्रमुखको स्वीकृति लिएर मात्र महत्वपूर्ण औषधिको परीक्षण गर्न पाइन्छ ।
सर्वोच्च अदालतले गत बिहिबार मात्रै परीक्षण नगरिएका खोप तथा औषधि प्रयोग नगर्न सरकारको नाममा आदेश जारी गरेको थियो ।
न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको इजलासले यस्तो आदेश जारी गरेको हो । सरकारलाई नागरिकको स्वास्थ्यमा गम्भीर हुनुका साथै संवेदनशील विषयमा प्रमाणित भएका र अन्तर्राष्ट्रिय मापदण्ड पूरा भएका औषधि मात्रै प्रयोग गर्न सर्वोच्चले निर्देशन दिएको थियो ।














प्रतिक्रिया