२१ कार्तिक २०८३, शनिबार

सल्यानका १८ द्वन्द्वपीडित परिवारले राहत पाएनन्

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-मिना बुढाथोकी

सल्यान, १८ असार । द्वन्द्वकालको समयमा राज्य पक्ष र तत्कालीन विद्रोही पक्षद्वारा वेपत्ता पारिएका पीडित परिवारले हाल सम्म पनि आप्mनो आफतजनको अवस्थाको बारे सरकारले केही खोज खबर गर्न नसकेको भन्दै दुःखेसो पोखेका छन् ।

वेपत्ता पारिएका व्यक्तिको छानविन आयोग समितिको आयोजनामा सल्यानमा भएको वेपत्ता पीडित परिवार तथा सरोकार वालाहरुसँग अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले राज्य पक्षले पीडित परिवारको घाउ कोट्याउने काम मात्रै गरि रहेको आरोप लगाए ।

छत्रेश्वरी गाउँपालिका वडा नम्बर २ दमाचौरकी पार्वती वलीले ०६० सालमा तत्कालीन विद्रोही पक्ष माओवादीले आप्mनो श्रीमानलाई घरबाट लगेर गएको र अहिलेसम्म पनि उनको कुनै पनि अत्तोपत्तो नलागेको बताईन् ।

६ भाई बहिनी छोरा छोरीको साथ अहिले विस्थापित भएर दाङको बसपार्कमा अर्काको काम गरेर बस्नु परेको उनले बताईन् । सरकारले बेपत्ता पारिएका परिवारका लागि परिपुरणको व्यवस्था गरे पनि हाल सम्म आफूले कुनै किसिमको त्यस्तो सेवा प्राप्त नगरेको अन्य पीडित परिवारले गुनासो गरेका छन् ।

द्वन्द्वपीडित नवराज शर्माले द्वन्द्वपीडितहरु अझै पनि त्रासपुर्ण रुपमा बाँचिरहेको बताए । उनले राज्यले जहिले पनि मृतक र वेपत्ता पारिएका परिवारहरु लाई यस्तै गरी कार्यक्रमको आयोजना गर्ने र पुरानो घाउ बल्झाउने काम गरि रहेको बताए ।

हाल सम्म यस जिल्लाबाट ५६ जना वेपत्ताको लिस्टमा रहेपनि ३८ जनाले मात्र राहत पाएको स्थानीय शान्ति समिति सल्यानका सचिव विष्णु कुमारी शर्माले बताईन् ।

बाँकी रहेका १८ वेपत्ता परिवारका आफन्तले हाल सम्म न त आफन्तको केही जानकारी पाए न त राज्य पक्षबाट पाउने कुनै सेवा सुविधा नै प्राप्त गरेका छन् । बाँकी रहेका पीडित परिवारहरुका लागि पनि पहल भई रहेको उनले बताईन् ।