२१ कार्तिक २०८३, शनिबार

राष्ट्रियसभा बैठमा दुई विधेयक पारित

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ असार । राष्ट्रियसभाको आजको बैठकबाट दुई विधेयक सर्वसम्मतिले पारित भएको छ ।

बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक–२०७५ र संघीय संसद्मा महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी विधेयक–२०७५ पारित गरेको हो ।

बैठकमा गृहमन्त्री रामबहादुर थापाले राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक–२०७५ माथिको दफाबार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

कानून न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी विधेयक–२०७५ माथिको दफाबार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

राष्ट्रियसभाको अर्को बैठक यही असार २० गते बुधबार ११ बजे बस्नेछ ।-रासस