
काठमाडौँ, १७ असार । यूरोपियन देश लगेर क्रुजमा जागिर लगाइदिने आश्वासनमा टर्की पुर्याएर अलपत्र बनाउने कन्सलटेन्सी सञ्चालक पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले आइतबार बीएस कन्सलटेन्सीका सञ्चालक विष्णु शिवाकोटीलाई पक्राउ गरेको हो । उनले प्रति व्यक्ति ६ लाख ५० हजार रुपैयाँका दरले पैसा लिएर ठगी गरेको प्रहरीले जनाएको छ ।
मासिक ७ सय ५० अमेरिकन डलर तलब हुने भन्दै उनीहरुलाई अवैध रुपमा टर्की लगिएको थियो । याे प्रकरणमा सिआइबीले यसअघि निरञ्जन भट्टराईलाई पहिले नै पक्राउ गरिसकेको छ । पक्राउ परेका दुवै जनालाई मानब बेचबिखन मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ ।












प्रतिक्रिया