१२ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्री, मन्त्री, सचिव चढ्ने गाडी र मूल्य

3.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमडाैं, १३ असार । सरकारले सवारीसाधन सञ्चालन तथा मर्मतसम्बन्धी निर्देशिका, २०७२ जारी गरेको छ ।

निजामती कर्मचारीका लागि लक्षित गरी तयार पारिएको उक्त निर्देशिकाले मुख्य सचिव, सचिव, सहसचिव र कार्यालय प्रमुखले मात्र गाडी सुविधा प्रयोग गर्न सक्ने व्यवस्था गरेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।

उक्त निर्देशिकाअनुसार सचिवले कार १३ सय सिसी र जिप २ हजार सिसी क्षमतासम्मको मात्रै प्रयोग गर्न पाउनेछन् । यस्तै सहसचिवले कार हजार सिसी र जिप २ हजार सिसी क्षमतासम्मको प्रयोग गर्न सक्ने सुविधा दिएको छ ।

रक्षा मन्त्रालय
मन्त्री : ईश्वर पोखरेल
गाडी : टोयोटाको ल्यान्डक्रुजर
मूल्य : दुई करोड
गाडी : स्कार्पिओ
मूल्य : ६३ लाख

थप एउटा कार
सचिव :  विष्णुप्रसाद लम्साल
गाडी : स्कार्पिओ
मूल्य : ६३ लाख

स्वास्थ्य मन्त्रालय
मन्त्री : उपेन्द्र यादव
सचिव : डा. पुष्पा चौधरी
गाडी : टोयोटा ल्यान्डक्रुजर
मूल्य : दुई–दुई करोड

गृह मन्त्रालय
मन्त्री : रामबहादुर थापा बादल
गाडी : मित्सुबिसी पजेरो
मूल्य : एक करोड ५५ लाख

ऊर्जा मन्त्रालय
मन्त्री : वर्षमान पुन
सचिव : अनुपकुमार उपाध्याय
गाडी : हुन्डाईको टक्सन
मूल्य : ९३–९३ लाख

शिक्षा मन्त्रालय
मन्त्री : गिरिराजमणि पोखरेल
सचिव : खगराज बराल
गाडी : महेन्द्राको
एक्सयुभी ५००
मूल्य : ७८–७८ लाख

उद्योग–आपूर्ति मन्त्रालय
मन्त्री : मातृकाप्रसाद यादव
सचिव : यमकुमारी खतिवडा र चन्द्र घिमिरे
गाडी : टाटाको स्ट्रोम
मूल्य : ६०–६० लाख

वन मन्त्रालय
मन्त्री : शक्ति बस्नेत
सचिव : विश्वनाथ ओली
गाडी : ल्यान्डक्रुजर प्राडो
मूल्य : दुई–दुई करोडभन्दा माथि

सहरी विकास मन्त्रालय
मन्त्री : मोहम्मद इस्तियाक राई
गाडी : फोर्डको इन्डेभर
मूल्य : एक करोड ६ लाख
सचिव : दीपेन्द्र शर्मा
गाडी : टोयोटाको ल्यान्डक्रुजर
मूल्य : एक करोड ८० लाख

सामान्य प्रशासन मन्त्रालय
मन्त्री : लालबाबु पण्डित
सचिव : दिनेश थपलिया
गाडी : फोर्डको इन्डेभर
मूल्य : एक–एक करोड

अर्थ मन्त्रालय
मन्त्री : डा. युवराज खतिवडा
सचिव : राजन खतिवडा
गाडी : निसान एक्सट्रेल
मूल्य : सवा–सवा करोड

खेलकुद मन्त्रालय
मन्त्री : जगतबहादुर विश्वकर्मा
गाडी : हुन्डाईको क्रेटा
मूल्य : ६२ लाख ५६ हजार

कानुन मन्त्रालय
मन्त्री : शेरबहादुर तामाङ
गाडी : ल्यान्डक्रुजर प्राडो
मूल्य : दुई करोडमाथि
सचिव : राजीव गौतम
गाडी : स्कार्पिओ
मूल्य : ६३ लाख ३५ हजार
गाडी : हुन्डाई आई–२०
मूल्य : ३६ लाख ९६ हजार

कृषि मन्त्रालय
मन्त्री : चक्रपाणि खनाल
गाडी : फोर्ड इन्डेभर
मूल्य : एक करोड २९ लाख
सचिव : युवकध्वज जिसी
गाडी : फोर्ड र निसान

खानेपानी तथा सरसफाइ
मन्त्री : विना मगर
गाडी : टोयोटाको ल्यान्डक्रुजर
मेलम्ची आयोजनाबाट लिइएको

सञ्चार मन्त्रालय
मन्त्री : गोकुल बास्कोटा
गाडी : टोयोटाको ल्यान्डक्रुजर
मूल्य : दुई करोडमाथि