काठमाडौं । एपेक्स डेभलपमेन्ट बैंक र वेष्ट रेमिट नेपाल प्रालिबीच रेमिट्यान्स सम्झौता भएको छ ।
सम्झौतामा एपेक्स डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद उपाध्याय र वेष्ट रेमिटका चिफ अप्रेटिङ अफिसर अनिलकुमार कर्णले हस्ताक्षर गरेका हुन् ।
सम्झौतासँगै अब विश्वका विभिन्न देशवाट वेष्ट रेमिट मार्फत आएको रेमिट्यान्स मुलुकका विभिन्न भागमा रहेका एपेक्स डेभलपमेन्ट बैंकका २१ वटा शाखावाट भुक्तानी लिन सकिने छ ।
‘वेष्ट रेमिटसँग रेमिट्यान्स सम्झौता गर्न पाउँदा खुशी र उत्साहित भएका छौ’ सम्झौता पछि एपेक्स डेभलपमेन्ट बैंकका सीइओ उपाध्यायले भने– ‘गुणस्तरीय सेवा र रेमिट्यान्स कारोवारमा हामी थप जिम्मेवार भएर लाग्ने छौ ।’
सम्झौतापछि वेष्ट रेमिटका सीओओ कर्णले विदेशवाट पठाएको पैसालाई सेवाग्राहीसम्म पुर्याउन थप सहज भएको जनाउँदै भने – ‘आगामी दिनमा रेमिट्यान्स कारोवारलाई जनस्तरमा वैकिङ च्यानलबाट पुर्याउन वेष्ट रेमिट सदा क्रियाशिल रहने छ ।’
गैरआवासीय नेपालीहरुको संयुक्त लगानीमा स्थापित वेष्ट रेमिट नेपाल प्रा.लिले विश्वका विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स भित्र्याउन आफ्ना सेवाग्राहीलाई थप सहज र सुलभ बनाउँदै लैजान विभिन्न वैंक तथा वित्तिय संस्थाहरुका साथै प्राईभेट कम्पनीहरुसँग रेमिट्यान्स भुक्तानी सम्वन्धी सम्झौतालाई प्राथमिकता दिदै आएको छ ।
यो सम्झौतासँगै विश्वका विभिन्न मुलुकवाट वेस्ट रेमिटमार्फत पठाएको रकम अव बेस्ट रेमिटका १४७५ सय भन्दा बढी एजेण्ट, सव–एजेण्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तिय संस्थाबाट भुक्तानी लिन सकिने वेष्ट रेमिटले जनाएको छ ।












प्रतिक्रिया