अनिल खत्री
गुल्मी । शुक्रवार दिउँसोे गुल्मीको भुर्तङ्गमा जिपले किचेर एक वालकको ज्यान गएको छ ।
बाग्लुङ्गबाट गुल्मीको खड्गकोटतर्फ दैनिक उपभोग्य वस्तु वेच्न आएको ध १ ज २१८ नम्वरको निजी जिपले भुर्तुङ्ग ९ का विष्णुबहादुर सार्कीका ८ बर्षीय छोरा जीवन सार्कीलाई सडकमा खेल्दै गरेको अवास्थामा किचेर ज्यान लिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार लम्सालले जानकारी दिनुभयो ।
घटनास्थलमा भुर्तुङ्ग प्रहरीचौकी र शान्तिपुर इलाका प्रहरी चौकीबाट प्रहरीहरु पुगेर चालक र जिप नियन्त्रणमा लिएको लम्सालले बताउनु भयो ।
प्रहरी प्रमुख लम्सालले कानुन वमोजिम चालकलाई कार्वाही र मृतकका परिवारलाई क्षति पुर्ति दिलाउने प्रतिबद्धता जनाउनुभयो ।
किचेर घाइते भएका बालकलाई चालकले फेरी गाडी ब्याक गरेर मारेको स्थानियवासीले बताएका छन् ।














प्रतिक्रिया