काठमाडौं । नेकपा एमालेका सचिव शंकर पोखरेलले भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीलाई वधाई तथा शुभकामना दिनुभएको छ ।
फेसबुकमार्फत बधाई सन्देश दिँदै पोखरेलले अमेरिकी चुनावशैलीमा प्रस्तुत भएका मोदीले भारतीय प्रधानन्त्रीका रुपमा भारतिय जनताको आंकाक्षाको कुन रुपमा सम्वोधन गर्ने हुन् प्रतिक्षाको विषय वनेको बताउनुभएको छ ।
पोखराको धारणा जस्ताको तस्तै:
विश्वकै सवैभन्दा ठुलो लोकतान्त्रिक चुनावमा भारतिय जनता पार्टीले स्पष्ट वहुमत हासिल गर्ने स्पष्ट संकेत देखिएको छ । गुजरातका मुख्यमन्त्री समेत रहेका नरेन्द्र मोदीलाई प्रधानन्त्रीका रुपमा अघि सारेर उक्त पार्टीले नयाँ इतिहासको रचना गर्न सफल भएको छ । अमेरिकी चुनावशैलीमा प्रस्तुत भएका नरेन्द्र मोदीले भारतीय प्रधानन्त्रीका रुपमा भारतिय जनताको आंकाक्षाको कुन रुपमा सम्वोधन गर्ने हुन् प्रतिक्षाको विषय वनेको छ । न्युनतम् सरकार अधिकतम् सुशासनको नारावाट गरिवी र वेराजगारीवाट आक्रान्त भारतिय समाजको आकांक्षा पुर्ति त्यति सहज देखिदैन । तर नयाँ आकांक्षा जगाउदै केही दिनमै नरेन्द्र मोदी भारतिय प्रधानमन्त्रीको कुर्सीमा विराजमान हुने निश्चीत भएको छ । धार्मिक अतिवादको संशयलाई चिर्दै नेपाल र भारत सम्वन्धलाई नयाँ शिरावाट अघि वढाउन सके परम्परागत जडतावाट जकडिएका भारतका पूर्व शासकहरुको तुलनामा हाम्रा लागि उनको आगमन सुखद अवसर पनि वन्न सक्छ ।
भारतिय जनताको जनादेशको सम्मान गर्दै नेपाल भारत सम्वन्ध नयाँ शिरावाट सुधारको अपेक्षा सहित भारतिय जनता पार्टीका नेता तथा भावी प्रधानन्त्री नरेन्द्र मोदीलाई वधाई तथा शुभकामना ।














प्रतिक्रिया