५ कार्तिक २०८३, बिहिबार

प्रभु बैंकले गर्‍यो एकैदिन ४ वटा शाखाको विस्तार

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० बैशाख । प्रभु बैंकले आइतबार एकैदिन ४ शाखा विस्तार गरेको छ । संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ सेवा पुर्‍याउने उद्देश्यका साथ बैंकले बाग्लुङ र दैलेखका चार स्थानमा शाखा विस्तार गरेको हो ।

बैंकले बाग्लुङ जिल्ला निसीखोला गाउँपालिका वडा नं. ४, बाग्लुङ जिल्ला तमानखोला गाउँपालिका वडा नं. १, दैलेख जिल्ला भगवतीमाई गाउँपालिका वडा नं. २ र दैलेख जिल्ला गुराँस गाउँपालिका वडा नं. ४ मा आइतबारदेखि शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

बैंकका निसीखोला शाखा, तमानखोला शाखा, भगवतीमाई शाखा र गुराँस शाखा कार्यालयहरुबाट त्यहाँका स्थानीय सेवाग्राही, सर्वसाधारणहरु, उद्यमी, व्यवसायी तथा संघ संस्थाहरुले बैंकको सेवा उपभोग गरी लाभान्वित हुने र गाउँपालिकको समग्र आर्थिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।