२८ आश्विन २०८३, बुधबार

स्वास्थ्य विभागका पूर्वमहानिर्देशकसहित ६ जना अख्तियारको हिरासतमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mingmar-sherpa

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका तत्कालिन महानिर्देशक डा. मिङमार ग्याल्जेन शेर्पासहित ६ जनालाई पक्राउ गरेको छ ।

औषधि खरिदमा व्यापक भ्रष्टाचार गरेको अभियोगमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा शेर्पासहित आपूर्ति व्यवस्था महाशाखाका तत्कालिन प्रमुख हाल राष्ट्रिय यौन रोग तथा एड्स नियन्त्रण महाशाखाका प्रमुख डा. नरेशप्रताप केसी, आपूर्ति व्यवस्था महाशाखाका तत्कालिन वरिष्ठ निर्देशक हाल बालस्वास्थ्य महाशाखाका वरिष्ट जनस्वास्थ्य प्रशासक कृष्णबहादुर चन्द, तत्काल आपूर्ति व्यवस्था महाशाखा खरिद ईकाइमा कार्यरत हाल स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका जनस्वास्थ्य अधिकृत पवनप्रसाद कोइराला, तत्काल आपूर्ति व्यवस्था महाशाखा हाल स्वास्थ्य सेवा विभाग ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत जनस्वास्थ्य अधिकृत रामसुन्दर यादव तथा आपूर्ति व्यवस्था महाशाखाका जनस्वास्थ्य निरीक्षक हिमलाल ज्ञवाली रहेका छन् ।

नेपाल सरकार तथा बिभिन्न दातृनिकायबाट औषधि खरीदलगायतका शीर्षकमा प्राप्त अनुदान समेतको रकममा लामो समयदेखि अनियमितता एवं भ्रष्टाचार भैरहेको भनी उजुरी परेपछि अख्तियारले उनीहरुलाई पक्राउ गरी पदबाट निलम्बन गरेको हो ।

महिलालाई सुत्केरी गराउँदा आवश्यक पर्ने औषधि मिसोप्रोस्टोल खरिद गर्ने क्रममा अत्यधिक अनुमानित लागत मुल्य कायम गरी आवश्यकताभन्दा बढी खरीद गरेको, औषधि गुणस्तरहीन भएको प्रमाणित हुँदासमेत औषधि आपूर्तिकर्तालाई कारबाही नगरी उल्टै भुक्तानी दिई करोडौ मुल्य पर्ने गुणस्तरहीन औषधी स्टोरमा जम्मा गरी दुरुपयोग तथा हानी नोक्सानी गरेको पाईएकाले खरिदमा संलग्न उनीहरुलाई पक्राउ गरी हिरासतमा राखिएको अख्तियारले जनाएको छ ।