काठमाडौं, ५ वैशाख । झुलाउने र झारा टर्ने भारतीय चलन नबुझेका प्रधानमन्त्री हैनन्, केपी ओली । त्यसैले भारत भ्रमणका दौरान भारतीय पक्षको व्यवहार र प्रधानमन्त्रीको प्रस्तुति फेला परेको छ, प्रधानमन्त्रीकै डायरीमा । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।
अत्यन्तै महत्वसाथ भारतीय पक्षबाट कुरा आयो, ‘अरुण तेस्रोमा सही गरौँ, शुभारम्भ गरौँ’ भन्ने । ओलले भने, ‘मैले कसरी गर्न सक्छु । पीपीएमा भारतले सही गरेको छैन । नेपालको आफ्नो कानून छ । फर्म अफ पेमेन्छ, अर्थात् भुक्तानी प्रक्रियाबारे केही पनि स्पष्ट भएको छैन । ती कुरा टुंगो नलागी म सही गर्दिन । भारतीयले मुख हेराहेर गरे, इशारा–ईशारामै केही सल्लाह जस्तो भयो क्यार, त्यसपछि केही बोलेनन् ।
अर्को बहुचर्चित विषय हो, रेलमार्गको । भारतीय पक्षबाट लामो समयदेखि रेलमार्गबारे जतिसुकै हल्ला चलाइए पनि आखिरमा नियत रहेछ, सर्भे गर्ने, छाडिदिने ! यसबारेमा प्रधानमन्त्रीसँग कर्मचारी कुरा गर्न पुगे । उनीहरूले रिपोटिङ गरे । भने, ‘रेलमार्ग त बनाउने तर कसको खर्चमा ? यो कुराको टुंगो लागेन !’
यत्ति भनेपछि प्रधानमन्त्रीलाई काम पुग्यो । अनुहारमै आक्रोश फैलियो । भने, ‘हामीसँग पैसा भएको भए, सबै व्यवस्था भएको भए, हामी आफ्नै खर्चमा सिमानासम्म रेल बनाइहाल्थ्यौँ नि ! सक्छन् भने बनाउन्, सक्दैनन् भने हल्ला गरेर नहिँड्नु !’












प्रतिक्रिया