२८ आश्विन २०८३, बुधबार

अस्पतालमै डाक्टरले गरे यौनदुर्व्यवहार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bir-hospital

काठमाडौं । वीर अस्पतालमा कार्यरत एक भारतीय चिकित्सकले अल्ट्रासाउन्ड गर्न आएकी विवाहित महिलामाथि यौनदुर्व्यवहार गरेका छन्। पीडित महिलाका श्रीमानले न्याय पाउन माग गर्दै अस्पताल प्रशासनमा लिखित उजुरी दिएका छन्।

सिन्धुपाल्चोक घर भइ इन्द्रचोकबस्दै आएकी २३ वर्षीया महिलालाई वीर अस्पताल रेडियोलोजी विभागका रेजिडेन्ट डाक्टर अरविन्द ठाकुरले यौनदुर्व्यवहार गरेका हुन्। ठाकुर भारत झारखण्ड स्थायी घर भई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सबाट रेडियोलोजीमा एमडी गरिरहेको छन् ।

महिलालाई बुधबार साँझदेखि असैह्रय पेट दुख्न थालेपछि उनका श्रीमानले राती साढे १० बजे वीर अस्पतालको इमर्जेन्सीमा पुर्‍याएका थिए। त्यहाँ कार्यरत चिकित्सकले बिरामीलाई एपेन्डीसाइटिसको आशंकामा तत्काल अल्ट्रासाउण्ड गर्न रेडियोलोजी विभाग पठाए। विभागमा रात्री ड्युटीमा थिए डा. ठाकुर। उनले महिलालाई अल्ट्रासाउण्डको साटो संवेदनशील अंगमा हातपात गरेर थप पीडा दिए।

महिलाका श्रीमानले आफ्नी बिरामी श्रीमतीमाथि डाक्टरले बलात्कार प्रयास गरेको भन्दै कारबाहीका माग गरेका नयाँ पत्रिकामा खबर छ। उनले यस्ता विदेशी डाक्टरलार्इ देश निकाला गर्नुपर्ने भन्दै बिहीबार दिउँसो अस्पताल प्रशासनमा लिखित तथा माैखिक उजुरी दिएका छन् ।