काठमाडौं, ४ चैत । एनसीसी बैंकमा मर्जर भएको एपेक्स बैंकको २ सय करोड घोटाला प्रकरणमा नागरिक लगानी कोषका सहायक म्यानेजर छविरमण अधिकारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआइबीले आइतबार पक्राउ गरेको छ ।
अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बैंक मर्ज भएपछि उनी लगानी कोषमा कार्यरत थिए ।
पक्राउ परेकाहरुलाई जिल्ला अदालत, काठमाडौंबाट बैंकिङ कसुरमा म्याद थप गरेर अनुसन्धान थालिएको सीआईबीले जनाएको छ । यसअघि सञ्चालक समितिका पदाधिकारीसहित १३ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान जारी राखेको छ ।















प्रतिक्रिया