३ कार्तिक २०८३, मंगलबार

एनसीसी बैंक घोटाला काण्डमा को-को समातिए ? के थियो घटना ? (नामसहित)

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ चैत । नेपाल क्रेडिट एण्ड कमर्श लिमिटेड (एनसीसी) को घोटाला काण्डमा १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

एनसीसीमा मर्ज भएको एपेक्स डेभलपमेन्टमा दुई सय करोड (२ अर्ब) रुपैँया घोटाला गरेको अभियोगमा १३ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा तत्कालिन एपेक्स बैंकका चार जना संचालक र तत्कालिन निमित्त सिइओसहित ९ जना कर्मचारी छन् ।

एनसीसीसँग मर्ज हुने टुंगो लागिसकेपछि पनि एपेक्सले अन्धाधुन्ध ऋण बाँडेका थियो । त्यतिबेला बाँडिएको करिब २ अर्बमध्ये डेढ अर्ब अझै उठ्न बाँकी छ ।

२०७२ साल मंसिर ११ गते एनसीसीसँग मर्जरमा जाने सहमतिमा हस्ताक्षर भइसकेपछि पनि मर्जरको फाइदा उठाउँदै तत्कालिन एपेक्स बैंकले दरबारमार्ग, लोकन्थली, इटहरी, सुर्खेत र नेपालगञ्ज शाखाहरुबाट अनियमित प्रक्रियाबाट कर्जा प्रवाह गरी बैंकलाई १ अर्ब ५० करोड ९६ लाख ३३ हजार रुपैँया हानी पुर्याएको अभियोग लगाइएको छ ।

पक्राउ परेका व्यक्तिहरुलाई हिरासतमा राखी अनुसन्धान थालिएको सीआईबीका प्रमुख पुष्कर कार्कीले जानकारी दिए । पक्राउ परेका अभियुक्तहरुलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान कार्य भइरहेको कार्कीले बताए ।

को-को पक्राउ परे ?

 

यी हुन मुख्य अनियमितताहरु

– कमशल धितो भिरालो पाखोबारी , बाटो नपुगेको जग्गाहरुको अधिक मुल्यांकन गरी कर्जा लगानी गरेको ।
– कृतिम ऋणीहरु खडा गरिएको ।
– निश्चित क्षेत्रको कमशल जमिनहरुमा विभिन्न ऋणीहरु खडा गरी कर्जा अधिकेन्द्रित गरेको ।
– ऋणीको नक्कली आयस्रोत सम्बन्धी विवरणहरूलाई स्वीकृत गर्ने गरेको ।
– मोटरबाटो नभएको भिरालो पाखो बारीहरु खेत वन क्षेत्र भएको जग्गाहरुमा बाटो भएको प्रमाणित गरेको ।
– धितो निरीक्षण कर्जा निर्णय जग्गा किनबेच,रोक्का, कर्जा तमसुक,कर्जा प्रवाह एकै दिनमा गरेको ।
– कमशल जग्गाहरु धेरै टुक्रा पार्ने र धेरै ऋणीहरुको नाममा धेरै कर्जा दिने गरेको ।
– कर्जा तमसुकहरुमा एकल ऋणीको मात्र सहीछाप गराई साक्षीहरु समेत नराखी कर्जा दिएको ।
– सावा र ब्याज नियमित रुपमा भुक्तान नगरेका ऋणीहरुलाई पून दोस्रो कर्जा प्रवाह गरेको ।
– एउटै व्यक्तिहरु संचालक हुने र पुराना खराब ऋणीहरूलाई संरक्षण गरेको ।
– सर्वसाधारण निक्षेप कर्ताको निक्षेपको सुरक्षालाई भन्दा ऋणीको सुविधालाई ध्यान दिई कर्जा दुरुपयोग गरेको ।
– अधिकांश धितो मुल्यांकन प्रतिवेदनहरु यथार्थपरक नरहेको ।