काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् ।
उनलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँस्थित नेपाली नियोगका प्रतिनिधि डा. सुरेन्द्र थापाले स्वागत गरेका छन् ।
उनी भारतीय सञ्चारमाध्यम एनडीटीभीले अक्टोबर २२ र २३ मा आयोजना गरेको ‘एनडीटीभी विश्व सम्मेलन २०२६’मा सहभागी हुन त्यहाँ पुगेका हुन् ।
सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर लगायतका नेताहरु सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।















प्रतिक्रिया