२८ आश्विन २०८३, बुधबार

सभासद् बन्न एनआरएन नेता साहको दौडधुप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rameshwar-Shah-Photo

काठमाडौं । सर्वोच्च अदालतले यसअघि प्रत्यासी भएका तथा समानुपातिकको वन्द सूचीमा नाम भएकाहरुलाई सरकारले मनोनित गर्ने २६ मा नपार्न निर्देशनात्मक आदेश दिएलगत्तै धेरैको मनमा २६ भित्र पर्ने भन्दै मनमनै लड्डु फुटाउन थालेका छन्।

विशेषगरि काँग्रेसमा यस्ता मनमा लड्डु फुटाउनेहरुको संख्या धेरै नै थियो। सर्वोच्चको आदेशपछि धेरैले मनको लड्डु मनमनै घीउसँग खाए। काँग्रेस नेता आमोद उपाध्याय, दिपकुमार उपाध्याय, दिलेन्द्र वडु लगायतका नेता मात्र हैन, पत्रकारका नेता हरिहर विरही तथा धर्मेन्द्र झा पनि २६ मा पर्नेमा आशावादी थिए। तर सर्वोच्चको एक आदेशले सबैको वोल्ती वन्द गरिदियो। अब उनीहरुमा लालसा रहेन, सर्वोच्चको आदेशमा चर्चा मात्र रह्यो।

यता सर्वोच्चको आदेशपछि एनआरएनका सल्लाहकार रामेश्वर साह पनि दौडधुपमा लागेका छन् । संविधानसभा निर्वाचनबबाट औपचारिक रुपमा काँग्रेसको टिकट लिएका साह यतिखेर आफू २६ मा परिसकेको भन्दै रात्रीभोज गराउन थालेको स्रोतले जनाएको छ ।

साह अहिले काठमाडौंको पानीपोखरीमा सुरक्षागार्ड कम्पनी खोलेर बसिरहेका छन् ।

साहले सभासद्का लागि तीव्र लविङ गर्दै आइरहेका छन्। काँग्रेसमा सर्वोच्चको निर्णयपछि हलचल भएपनि साहलाई सभासद वनाउन नहुने दवाव छ।