काठमाडौं । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका लागि आफूले त्याग गर्न तयार रहेको बताएका छन् ।
काठमाडौंमा आज (बिहीबार) आयोजित कार्यक्रममा अध्यक्ष दाहालले पार्टी पुननिर्माणका लागि मोहन बैद्यलाई नेतृत्व दिन तयार रहेको बताए । उनले पार्टी एकताका लागि भावना मात्रै बगेर केही नहुँने भन्दै सैद्धान्तिक र व्यवहारिक विषय पनि मिल्नु पर्ने बताए ।
‘माओवादी पार्टी पुननिर्माण होस्,’ उनले भने, ‘मलाई जसले महासचिव बनायो, उसैलाई नेतृत्व दिन तयार छु ।’ उनले आफूसधैं नेतृत्वमा बसिरहन नचाहेको बताए । उनले माओवादी पार्टी फुटे पछि अरुलाई फाइदा पुगेको बताए ।













प्रतिक्रिया