२८ आश्विन २०८३, बुधबार

ढुङ्गानालाई मैले बोलाएको हुँ : गौतम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bamdev-gautamकाठमाडौं । एमालेका कार्यबाहक अध्यक्ष समेत रहेका गृहमन्त्री बामदेव गौतमले न्याय परिषद सदस्य खेमनारायण ढुंगानालाई आफूले पार्टी मुख्यालय बल्खुमा बोलाएको बताएका छन् ।

काठमाडौंमा आज (बिहीबार) बसेको संसदीय दलको बैठकमा गौतमले एमाले मुख्यालय बल्खुमा परिषदका सदस्य ढुङ्गानालाई शुभचिन्तकका रुपमा बोलाएको बताए ।

‘उनलाई परिषद सदस्यका रुपमा होइन की, पार्टीको पूरानो नेता र खेमनारायण ढुंगाना एउटा व्यक्तिका रुपमा बल्खुमा बोलाएको हो’, गौतमले भने ।

कार्यबाहक अध्यक्ष गौतमले न्याय परिषदका सबै सदस्यहरुलाई संसदीय सुनुवाई विशेष समितिमा बोलाउने निर्णय कार्यान्वयन नगर्न आफ्ना सभासदहरुलाई निर्देशन दिए ।

उनले समितिका सदस्यहरुसँग छलफल गर्ने निर्णय न्यायपालिकाको स्वतन्त्रतासँग मेल नखाने बताए ।