२८ आश्विन २०८३, बुधबार

स्ववियु निर्वाचन बिरुद्ध १९ विद्यार्थी संगठन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Studentकाठमाडौं । त्रिभुव विश्व विद्यालयले षडयन्त्रमूलक ढंगले स्ववियू निर्वाचन घोषणा गरेको भन्दै १९ विद्यार्थी संगठनले सार्न माग गरेका छन् ।

काठमाडौंमा आज (बिहीबार) संयुक्त पत्रकार सम्मेलन गरेर १९ विद्यार्थी संगठनले जेठ १४ गते गर्ने भनिएको स्ववियू निर्वाचनको मिति स्थगन माग गरे । उनीहरुले विवादित मितिमै चुनाव गर्न खोज्नुले त्रिवि आँफै चुनाव भाँड्ने खेतीमा लागेको बताए ।

एमाओवादी निकट अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले स्ववियु चुनावको बिरोध गरे । उनले त्रिवि सीमित व्यक्तिहरुको इच्छा पुरा गर्न चुनावमा लागेको बताए ।

‘हामी चुनाव देखि भागेर विरोध गरेको भन्ने आरोप सरासर मिथ्या हो,’ उनले भने, ‘क्याम्पस प्रशासन र विधार्थी संगठनहरु नै जेठ १४ को चुनावबारे तयार भएका छैनन् ।’

चुनावको बिरोध गर्नेमा अनेरास्ववियु (क्रान्तिकारी ), अखिल (क्रान्तिकारी ), तराई मधेश विधार्थी फ्रन्ट, मधेसी विधार्थी फोरम लोकतान्त्रिक, राप्रविसंघलगायतका छन् ।