२८ आश्विन २०८३, बुधबार

भट्टराई केन्द्रीय समितिमा फर्कन मानेनन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-bhattarai

काठमाडौं । एकीकृत माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले केन्द्रीय समितिमा फर्कन अस्वीकार गरेका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित संस्थापन नेताहरुसँग बिहीबार भएको भेटमा भट्टराईले केन्द्रीय समितिमा फर्कन अस्वीकार गरेका हुन् ।

तर, पार्टी भित्रको फरक मतको सम्मान गर्नुपर्ने, युद्धकालिन पार्टी संरचना, कार्यशैली र कार्यदिशा परिवर्तन हुनुपर्ने शर्त राख्दै भट्टराईले आफ्नो माग पूरा नभएसम्म केन्द्रीय समितिमा नफर्कने बताएका हुन् ।

भट्टराईलाई फकाउन अध्यक्ष दाहालसति नारायणकाजी श्रेष्ठ, पोष्टबहादुर बोगटी, कृष्णबहादुर महरा र गिरिराजमणि पोखरेल लगायतका नेताहरु सानेपास्थित निवासमै पुगेका थिए ।