काठमाडौं । एमाले संसदीय दलका नेता केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल विरामी भएकोमा चिन्ता जनाएका छन् ।
नेता ओलीले आज (बिहीबार) इमेल लेखेर नेपालको स्वास्थ्यप्रति चिन्ता जनाएका हुन् । ओली विगत केही दिन देखि बैंकमा उपचाररत छन् ।
‘बैंककको अस्पतालमा बसी उपचार गराइरहेकै समयमा आज २०७१ साल जेठ १ गते बिहानै हाम्रा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल केही दिनदेखि ज्वरो आई निमोनिया भएको र वीर अस्पतालको आईसीयूमा उपचारार्थ भर्ना भएको थाहा पाउँदा मलाई दुःख लागेको छ,’ उनले भनेका छन् ।
नेता ओलीले नेपालको शीघ्रलाभको कामना समेत गरेका छन् । महाधिवेशन नजिकिँदै गर्दा दुई नेताबीच घोचपेच चलिरहेका बेला नेता ओलीको इमेलले कटुता अन्त्य गर्न मद्दत गर्ने जानकारीहरुको बुझाई छ ।
वरिष्ठ नेता नेपाललाई निमोनियाको समस्या देखिएपछि बीर अस्पताल भर्ना गरिएको छ । उनको क्रमिक सुधार भएको सहयोगीहरुले जनाएका छन् ।













प्रतिक्रिया