चितवन । चितवनमा अपराधिक कार्यमा सक्रिय २१ जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा प्रमुख पार्टीकै भातृ संगठनका युवा समेत छन् । युवा संघका केन्द्रिय सदस्य प्रकाश रेग्मी, तरुण दल भरतपुर नगर उपाध्यक्ष प्रमिश राई लगायतको समूहलाई बुधबार भरतपुरको विभिन्न स्थानवाट प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रवक्ता डीएसपी सन्जय राउतले चमेरो र कमिला समूहका नाममा गुण्डागर्दी र अपराधिक गतिविधिमा संलग्न युवाहरुलाई पक्राउ गरिएको वताउनुभयो ।
उनीहरुको वारेमा थप अनुसन्धान भैरहेको र दोषी देखिए सार्वजनिक मुद्दा चलाउने प्रहरीले जनाएको छ ।














प्रतिक्रिया