२८ आश्विन २०८३, बुधबार

पति–पत्नी एकैसाथ झुण्डिए, पतिको मृत्यु, पत्नी सिकिस्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aatmahatya-suicide

धर्मराज पाध्याय

बाजुरा । बाजुराको पाण्डुसैन गाविस–३ मा घरासयी झगडाले पतिको ज्यान लिएको छ भने पत्नी गम्भीर घाइते भएकी छिन् ।

मृत्यु हुनेमा पाण्डुसैनका ४३ बर्षीय रोदे कार्की रहेका छन् । उनकी श्रीमती कैली कार्की पनि सिकिस्त छिन् । घरायसी बिवादका कारण बुधवार दुवैले घाँटीमा पासो लगाइ आत्महत्या गर्न खोजेको थिए ।

गम्भीर अवस्थामा रहेकी कैली कार्कीको पाण्डुसैन स्वास्थ्य चौकीमा उपचार भैरकेको स्थानीय सर्पलाल गिरीले बताएका छन् । गिरीका अनुसार श्रीमान सधैझै जाँडरक्सी खाएर घरमा आउने भएकाले उनकी श्रीमतीले मदिरा सेवन नगर्नु भन्दा विवाद भएको हो ।

सँधै झगडा गर्ने उनीहरुले बुधवार विहान पनि साधारण घरायसी विवादका कारण दुवैले आत्महत्या गर्न लागेको खुल्न आएको छ । घाँटीमा पासो लगाएर आत्महत्या गर्न लागेको वेला उनका छोराले पासोलाई काटेका थिए । मृतकका २ छोरा र २ छोरी छन् ।