२८ आश्विन २०८३, बुधबार

‘पार्टीको मूल वैचारिक नीतिमा परिवर्तन हुँदैन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kamal Thapaभद्रपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको मूल वैचारिक नीतिमा कुनै परिवर्तन नआउने बताएका छन् ।

झापाको भद्रपुर विमानस्थलमा आज (बुधबार) पत्रकारसँग संक्षिप्त कुरागर्दै थापाले पार्टीको संवैधानिक राजतन्त्रलगायतका वैचारिक नीतिमा परिवर्तन नआउने बताए । उनले कार्यकर्ताको सुझावका आधारमा पार्टीको आगामी महाधिवेशनबाट पार्टीको नाममा परिवर्तन हुनसक्ने उल्लेख गरे ।

‘एउटै नामको दुइवटा पार्टी भएकाले दुविधा भइरहेको जस्तो देखिएको छ,’ उनले भने, ‘हाल राप्रपा नेपाल नयाँ शक्तिको रुपमा उदय भएका कारण नयाँ पहिचानलाई सुहाउने खालको नामका लागि पार्टीको आगामी महाधिवेशनमा प्रस्ताव प्रस्तुत हुने छ ।’

अब बन्ने संविधान सबै राजनीतिक शक्ति र नेपाली जनता अटाउने खालको हुनुपर्ने बताउँदै उनले त्यसो हुन नसके संविधान टिकाउ हुन नसक्ने अशङ्का व्यक्त गरे ।