डोल्पा । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले विकेन्द्रिकृत ग्रामीण विकास तथा जीविकोपार्जन कार्यालय डोल्पाद्वारा निर्माणकार्य भइरहेको दुनै–ल्यासिक्याप मोटरबाटोको अनुगमन गरेका छन् ।
सचिव बाँस्कोटाले डोल्पाको सदरमुकाम दुनैलाई राष्ट्रिय राजमार्गको सञ्जालभित्र आबद्ध गर्न अझै करिब ५० करोड बजेट छुट्टयाई नेपाली सेनालाई द्र्तगतिमा काम गर्न आग्रह गरेको बताए ।
डोल्पामा सडक सञ्जालको पँहुच नहुञ्जेल जिल्लाका जुफाल र मसिनेचौर विमानस्थललाई स्थायित्व दिन तत्कालै कालोपत्रे गर्नुपर्ने उनको भनाई छ ।
उनले माथिल्लो डोल्पा, फोक्सुन्डो ताल र बाला त्रिपुरासुन्दरीलगायतका स्थानमा आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न पर्यटन पूर्वाधारमा बजेट विनियोजन गर्नुपर्ने भन्दै तत्कालै पर्यटन सूचना केन्द्र स्थापना गर्नुपर्ने उल्लेख गरे ।













प्रतिक्रिया