काठमाडौं, १२ पुस । नेपाली बजारमा बुधबार फेरि सुनको मूल्यमा वृद्धि भएको छ ।
मंगलबार प्रतितोला १०० रुपैयाँले बढेको सुनको भाउ आज ३ सयले बढेको छ । मंगलबार तोलामा ५५ हजारमा कारोबार भएको छापावाला सुन आज ५५ हजार ३०० सय मा कारोबार भइरहेको छ ।
नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य भने तोलाको ५५ हजार रहेको छ । मंगलबार तेजावी सुनको मुल्य ५४ हजार ७ सय रहेको थियो ।
यस्तै आज चादी तोलामा ७ सय ३५ मा कारोबार भइरहेको छ ।















प्रतिक्रिया