– माधव बेल्वासे
कपिलवस्तु, ९ पुस । कपिलवस्तुको चन्द्रौटामा गत वर्ष भएको तेस्रो चन्द्रौटा महोत्सवको आयव्याय आईतबार एक कार्यक्रमकाविच सार्वजनिक गरिएको छ ।
२०७३ साल मंसिर २ देखी १३ गते सम्म संचालन भएको महोत्सवमा ५९ लाख ७५ हजार ७ सय ७० बराबरको आयव्याय प्रस्तुत गरिएको छ । महोत्सवमा कूल आम्दानी ५९ लाख ७५ हजार ७ सय ७० मध्ये खर्च ५५ लाख ८८ हजार ९ सय ४४ कटाएर संस्थालाई कूल ३ लाख ८६ हजार ८ सय २६ नाफा भएको महोत्सवमा मुल समिति संयोजक महादेव पोखरेलले बताए ।
कृषि पर्यटन उद्योग व्यापार आर्थिक समृद्धिको मुल आधार भन्ने नारासहित संचालन भएको महोत्सवले कपिलवस्तुका पर्यटकिय उद्योगिक तथा कृषि क्षेत्रको प्रचार गरिएको पोख्रेलले बताए । आइतबारकै कार्यक्रममा महोत्सव लाग्नुपुर्व घोषणा गरिएको प्रति टिकट १ रुपैयाका दरले बहादुरगंज सर्पदंशालाई दिने भनिएको रमक एकमुष्ट ३० हजार प्रदान गरिएको छ ।
व्यापार संघ कपिलवस्तुले चन्द्रौटामा आयोजना गरेको सम्मान तथा आयव्याय सार्वजनिक कार्यक्रममा कपिलवस्तु क्षेत्र नम्बर ३ प्रदेश सभा (क)का सदस्य अर्जुन केसीलाई संघले सम्मान गरेको छ । सम्मान पछि कार्यक्रममा बोल्दै केसीले व्यापार संघले गत वर्ष लगाएको महोत्सवले यस क्षेत्रको विकाशमा सहयोग गरेको बताए । महोत्सवले यस क्षेत्रका कृषि पर्यटन उद्योग व्यापार आर्थिक समृद्धी बनाउने प्रयास गरेको जिकिर गरे । महोत्सव आयोजना गर्ने विषयमा विवाद भन्दा पनि यस क्षेत्रका संघ सस्था सबैको महोत्सव हुने भएकाले सबैले सहयोग गर्नुपर्ने धारण राखे ।
त्यस्तै शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले महोत्सवबाट यस क्षेत्रमा सर्पले टोकेर पिडितहरुलाई सहयोग गरिनु प्रसंशानिय कार्य रहेको दाबी गरे । अधिकारीका अनुसनार महोत्सवमा बाहिरी वस्तु ल्याएर देखाउनु भन्दा स्थानीय वस्तुलाई प्रथमिकता दिएर प्रवद्धन गर्न आयोजक संस्थाहरुलाई सुझाव दिए । अन्य क्षेत्रका व्यापारी भन्दा पनि यस क्षेत्रका व्यापारीलाई नै स्थान दिनुपर्नेमा अधिकारीले जोड दिए ।















प्रतिक्रिया