५ कार्तिक २०८३, बिहिबार

समर्पित परिक्षण सवारीको साथमा सेलेरियोको टेष्ट ड्राइभ अभियान सञ्चालित

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ पुस । सुजुकीका चार पाङ्ग्रे सवारी साधनको नेपालका लागि आधिकारिक विक्रेता तथा सीजी होल्डिगंको अटोमोटिभ डिभिजन सीजी। मोटोकर्पले राष्ट्रब्यापी सुजुकी सेलेरियो टेष्ट राइड क्याम्पेन सञ्चालन गरेको छ ।

उपभोक्तालाई खरिद निर्णय लिनु पूर्व पूर्ण फस्र्ट ह्याण्ड अनुभव तथा सुन्तुष्टि प्रदान गर्ने सोचका साथ कम्पनीले अभियानको थालनी गरेको हो । मार्केटिङ एण्ड स्ट्रयाटिजीका डीजीएम सिरज पन्तका अनुसार नेपाली परिवारका लागि कार खरिद एक प्रमुख निर्णयका रुपमा रहँदै आइरहेको छ । ‘आफ्नो लगानीका लागि सही तथा निर्धक्क निर्णय लिने कार्यमा सघाउने सोचका साथ हामीले ‘दि परफेक्ट फेमिली कार’ सेलेरियोका लागि यो अभियान सञ्चालनमा ल्याएका हौँ’ पन्तले भने, ‘हामी आफ्ना उपभोक्तालाई पहिलो अनुभव प्रदान गर्दैै हाम्रो दावीमा हामी कती प्रतिबद्ध छौँ भन्ने कुराको सही मुल्यांकन गर्न सघाउने सोचका साथ यो अभियानको थालनी गरेका हौँ ।’

अभियानका लागि कम्पनीले समर्पित परिक्षण सवारी साधनको ब्यवस्था गरेको छ । साथै, अनुभवका लागि उपभोक्तालाई थप सहजताको अनुभव होस् भन्ने सोचका कम्पनीले तिनलाई पायक पर्ने स्थानमै टेष्ट राइड उपलब्ध गराउन प्रयासरत रहेको उनले जानकारी दिए । बिज्ञप्तिका अनुसार कम्पनीले क्षेत्रीय रुपमा ५ मिहना सम्म विभिन्न क्षेत्रमा टेष्ट राइड क्याप सञ्चालन गर्नेछ । टेष्ट राइड अवधिभर उपभोक्ताले सुजुकीको शोरुममा गई तालिम प्राप्त सुजुकीका विक्रि अभिकृतको उपस्थिती, निगरानी तथा सहयोगमा झञ्झट रहित टेष्ट राइड अनुभव लिन सक्नेछन् ।

हरेक टेष्ट राइडमा उपभोक्ताले आकषर्क उपहारका साथै १ जना भाग्यमानी उपभोक्ताले बम्परका रुपमा रु. १ लाख क्यासब्याक जित्ने अवसर पनि प्रदान गरिने कम्पनीले जानकारी दिएको छ ।