२८ आश्विन २०८३, बुधबार

स्टार लुब्रिकेन्टस बजारमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

star copy

काठमाडौं । पूर्वान्चल ल्यूव आयल प्रालिले स्टार लुब्रिकेन्टस बजारमा ल्याएको छ ।

उच्च प्रबिधिबाट तयार गरिएको गुणस्तरिय इन्जिन आयल मोटरसाइकल, गाडी र ठूला सबारी साधनमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

सिएच ४ ग्रेडमा तयार गरिएका स्टार ब्राण्डका लुब्रिकेन्टसको अलवा स्टार ब्राण्डकै ग्रीज जेसिभी, ह्याभीइक्युपमेन्ट, इन्ड्रस्टियल, हाइड्रो पावर र प्रेसमा प्रयोग गर्न सकिने कम्पनीका निर्देशक भोला दुलालले जानकारी दिनुभयो ।

नेपालभरका ३० वटा डिलर तथा २ हजार भन्दा बढी रिटेलरबाट बिक्री बितरण गरिने ब्यबस्था मिलाइएको निर्देशक दुलालले जानकारी दिनुभयो ।

मोरङको बिराटचोकमा उत्पादित यो लुब्रिकेन्टका साथमा कम्पनीले पिएलओ ब्राण्डका इन्जिन आयल र ग्रीज उत्पादन तथा बिक्री बितरण गर्दै आएको छ भने ग्रीज बजारमा पिएलओले अग्रणी स्थान ओगटेको कम्पनीले जनाएको छ ।