२८ आश्विन २०८३, बुधबार

रोटरी पत्रकारिता पुरस्कार घोषणा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ (नेपाल र भुटान) ले प्रत्येक वर्ष प्रदान गर्दै आएको पत्रकारिता पुरस्कार (रोटरी जर्नो अवार्ड) २०१४ का लागि पाँच पत्रकार छनोट गरेको छ ।

रोटरीले गठन गरेको विज्ञ सम्मिलित समितिको बैठकले छनौट गरेको हो । जसअनुसार, शिक्षा क्षेत्रबाट बाबुराम विश्वकर्मा, स्वास्थ्य क्षेत्रबाट लक्ष्मण अधिकारी, वातावरण क्षेत्रबाट प्रमिला मानन्धर, महिला तथा सामाजिक विकासबाट निर्मला शर्मा र युवा तथा आर्थिक विकास क्षेत्रबाट प्रदीप चापागार्इं पुरस्कृत हुने तय भएको रोटरीका प्रवक्ता नुगल वैद्यले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । पुरस्कारको राशि जनही २५ हजार छ ।

रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ ले देशभित्र विभिन्न क्षेत्रमा सामाजिक विकासका विभिन्न प्रयासमा व्यक्तिगत अथवा संस्थागत तवरले हुने गरेको पहलको प्रेरणादायी तथा अनुकरणीय समाचार सम्प्रेषणलाई बढावा दिन र समाजमा सकारात्मक सोच र संवादलाई प्रोत्साहन दिन रोटरी वर्ष २०११÷१२ देखि नेपाल पत्रकार महासंघ र विधागत पत्रकारिता संस्थासँगको सहकार्यमा सो पुरस्कार स्थापना भएको हो ।

पुरस्कार हाल शिक्षा, स्वास्थ्य, वातावरण, मानवीय तथा सामुदायिक विकास र युवा तथा आर्थिक विकास गरी पाँच विधामा दिने गरिएको छ । छनोट समितिमा रोटरी इन्टरनेसनल ३२९२ का डिस्ट्रिक गभर्नर डिलेन्द्रराज श्रेष्ठ, निवर्तमान गभर्नर योगेन्द्रमान प्रधान, रोटरीका प्रवक्ता वैद्य, पत्रकार महासंघका अध्यक्ष डा महेन्द्र विष्ट, निवर्तमान अध्यक्ष शिव गाउँले, राष्ट्रिय समाचार समितिका प्रधानसम्पादक श्रीरामसिंह बस्नेत र नेपाल प्रेस इन्स्टिच्युटबाट प्रा पर्शुराम खरेल हुनुहुन्थ्यो । पुरस्कार आगामी असार ७ गते वितरण गरिनेछ ।