२९ आश्विन २०८३, बिहिबार

प्राइम कमर्सियल बैंकले लगानीकर्तालाई लाभांस दिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prime-logo

काठमाडौं, २६ कात्तिक । प्राइम कमर्सियल बैंकले लगानीकर्तालाई १९ प्रतिसत बोनस सेयर र १ प्रतिशत नगद लाभांस गरी २० प्रतिशत प्रतिफल दिने भएको छ ।

बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई उक्त प्रतिफल दिने घोषणा गरेको हो । बैंकले गत वर्ष ६३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

बोनस सेयर वितरण पछि बैंकको चुक्तापूँजी तीन अर्ब १३ करोड रुपैयाँ पुग्नेछ । हाल बैंकको चुक्ता पूँजी दुई अर्ब ६३ करोड ८६ लाख रुपैयाँ छ ।

बैंकको उक्त घोषणा नियामक निकाय नेपाल राष्ट्र बैंक र बैंककै आगामी साधारण सभाले स्वीकृत दिएपछि मात्र वितरण हुन्छ ।