१५ कार्तिक २०८३, आइतबार

कांग्रेसका प्रभावशाली नेतालाई आयो फोन, गौचनकै हालतमा पुर्‍याइदिने चेतावनी

3.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असोज । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनलाई गोली हानेको एक घण्टापछि निर्माण व्यवसायी समेत रहेका कांग्रेस नेता जिपछिरिङ लामालगायतलाई पनि फोन आएको थियो ।

सो गोली आफूले हानेको भन्दै फोन गर्नेले एक करोड रकम मागेको लामाले बताए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

लामाले भने, ‘मलाई नो कल आएडीबाट चारपटक फोन आयो । एक करोड रुपैयाँ माग्दै उनीहरूले धम्क्याएका छन् ।’

डेढ महिनाअघि पनि पैसा माग्दै आफूलाई फोन आएको लामाले बताए ।