३० आश्विन २०८३, शुक्रबार

भारतलाई पाकिस्तानको चेतावनी- हामीसँग निहुँ नखोज, परिणाम ठिक हुनेछैन्

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असोज । भारतले पाकिस्तानभित्र ‘सर्जिकल स्ट्राइक’ वा परमाणु केन्द्रमाथि हमला गरे पाकिस्तान चुप लागेर नबस्ने पाकिस्तानी विदेशमन्त्री ख्वाजा मोहम्मद आसिफले चेतावनी दिएका छन् ।

वाशिङटनमा आयोजित एउटा कार्यक्रममा बोल्दै उनले आक्रमण गरिएको अवस्थामा पाकिस्तानबाट कुनै किसिमको धैर्यको अपेक्षा नगर्न सुझाव दिए।

भारतीय वायु सेनाका प्रमुख वीरेन्द्र सिंह धनोआले पाकिस्तानका परमाणुसहितका केन्द्रहरुलाई ध्वस्त पार्ने क्षमता भारतसँग रहेको बताएपछि पाकिस्तानी विदेशमन्त्रीले त्यसको जवाफ दिएका हुन्।

अमेरिका भ्रमणका क्रममा विदेशमन्त्री ख्वाजाले आफ्ना अमेरिकी समकक्षी रेक्स टिलर्सन र राष्ट्रिय सुरक्षा सल्लाहकार एच आर म्याकमास्टरसँग भेटवार्ता गरेका छन् ।