२९ आश्विन २०८३, बिहिबार

सनराइज बैंकको कायममुकायम कार्यकारी प्रमुखमा बलराम बिष्ट

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Balaram-bista

काठमाडौँ, २३ कात्तिक ।  सनराइज बैंकको सञ्चालक समितिले बैंकको कायममुकायम कार्यकारी प्रमुखमा बलराम बिष्टलाई  नियुक्त गरेको छ ।

बैंकको आइतबार बसेको १ सय ९७ औ बैठकले बिष्टलार्इ उक्त पदमा नियुक्त गरेको हो ।  बैंकका प्रमुख कार्याकारी अधिकृत सुरेन्द्रमान प्रधानको पदावधी सकिएपछि  उहाँले  गत कार्तिक १७ गते अवकाश लिनुभएको थियो ।

उहाँले अवकाश लिएपछि रिक्त रहेको स्थानमा बिष्टलार्इ कार्यकारीको जिम्मेवारी दिइएको हो । बिष्ट यसअघि सनराइज बैंकमै डेपुटी सिइओको रुपमा कार्यरत हुनुहुन्थ्यो ।