काठमाडौँ, २३ कात्तिक । प्राइम कमर्सियल बैंक लिमिटेडले सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर दिने भएको छ । बोनस बितरणपछि बैंकको चुक्तापुँजी करिब ३ अर्ब १८ करोड पुग्नेछ ।
केन्द्रीय बैंकको अनुमतिका लागि पठाइएकोमा स्वीकृति प्राप्त भैसकेको बैँकले जानकारी दिएकोछ । बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत असारसम्ममा बैंकले कुल ६३ करोड रुपैयाँ खूद नाफा गरेको थियो ।
बैंकको हाल करिब ३४ अर्ब रुपैयाँ निक्षेप संकलन र करिब २८ अर्ब रुपैयाँ कर्जा प्रबाह भएको जनाइएको छ । बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा करिब १६ करोड खूद नाफा गरेको छ । बैँकले यसैहप्ता त्रैमासिक रिपोर्ट सार्वजनिक गर्ने तयारी गरेको छ ।














प्रतिक्रिया