३० आश्विन २०८३, शुक्रबार

मलेसियामा किम जोङ नाम हत्याको न्यायिक सुनुवाई

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

क्वालालम्पुर, १७ असोज । उत्तर कोरियाली प्रमुख नेता किम जोङ उनका सौतेला भाई किम जोङ नामको हत्याकाण्डका अभियुक्तहरुलाई मलेसियाले न्यायिक अनुसन्धानको दायरामा ल्याउने भएको छ ।

हत्याकाण्डको अनुसन्धान र हत्याराहरुको खोजी गर्ने क्रममा मलेसियाली प्रहरीले पक्राउ गरेका दुईजना महिला इन्डोनेसियाकी सिति आइस्याह र भियतनामकी दोन थि ह्वोङलाई सोमबार क्वालम्पुरस्थित मलेसियाली उच्च अदालतमा पेश गरिएको समाचार आएको छ ।

विमानस्थलमा जडित सीसीटीभी क्यामेराको सहयोगबाट उनीहरुको पहिचान गरिएको थियो ।

घटनालगत्तै बेपत्ता भएका यी दुई महिलालाई भूमिगत भएको लगभग आठ महिना पछि मलेसियाली प्रहरीेले पक्राउ गरी आजै अदालत समक्ष पेश गर्न सफल भएको हो ।

क्वालालम्पुरका सहायक जिल्ला प्रहरी आयुक्त शाफेन मामतको अग्रसरता र प्रयासमा यिनीहरु पक्राउ परेका जनाइएको छ ।

यिनीहरुलाई पनि अरू सरह नाम हत्याकाण्डको अभियोगमा हदैसम्मको सजाय माग गरिएको छ । प्रहरीको सो मागलाई उच्च अदालतले मुनासिब ठह¥याएमा यी दुई महिलालाई मृत्युदण्डको सजाय हुनेछ ।

गत फेब्रुअरी १३ मा क्वालालम्पुरको ब्यस्त बिमानस्थलमा भीडभाडका बीच प्रतिबन्धित भिएक्स नर्भ एजेण्ट नामक प्राणघातक बिष प्रयोग गरी किम जोङ नामलाई २० मिनेट भित्रै हत्या गरिएको थियो ।

उत्तर कोरियाली प्रमुख नेता किम जोङ उनले नै पाँच वर्ष लगाएर ठूलो षडयन्त्र रची सो हत्या गराएको भन्ने आशंका गरिँदै आएको थियो ।

यद्यपि, यी दुई अभियुक्तले भने बिमानस्थलको सीसीटीभी क्यामेरामा रेकर्ड भएका बखत बिमानको उडान समय कुर्दा कसैलाई हानी नोक्सानी नपु¥याउने सामान्य खेलखेली मनोरन्जन लिई रहेको र नाम हत्याकाण्डमा आफ्नो कुनै संलग्नता नभएको जिकिर गरेका छन् ।

थप अनुसन्धान गरी पक्का गरेपछि मात्र कारबाही अघि बढाउनु पर्नेमा सो नगरी प्रहरीले अड्कलको भरमा जबर्जस्ती संगीन अभियोग लगाएको उनीहरुका कानून ब्यबसायीको जिकिर रहेको छ ।

नाम हत्याकाण्ड भएलगत्तै मलेसिया र उत्तर कोरीयाबीचको सम्बन्ध नाटकीय हिसाबले चिसिएको थियो ।

एक अर्काको मुलुकमा रहेका दुवै देशका नागरिकलाई देश छोड्न नपाउने प्रतिबन्ध लगाइनु, कूटनीतिक कर्मचारीलाई फिर्ता बोलाइनुका साथै यसैलाई लिई दुबै मुलुकमा अन्य थुप्रै प्रतिबन्धात्मक ब्यबस्थाहरु लागु गरिएका थिए ।

यसैबीच, मलेसियाले आफ्नो नागरिकलाई हिरासतमा लिई उच्च अदालतमा पेश गरेको र त्यहाँ के कस्तो सुनुवाई भइरहेको छ भन्ने सम्बन्धमा नजिकबाट नियालिरहेको इन्डोनेसियाले जनाएको छ ।

इन्डोनेसियाले मलेसियाली ऐन, कानूनको सम्मान गर्ने, उच्च अदालतले कुनै आदेश वा फैसला गरी नसकेकोे अवस्थामा अहिले नै केही टिप्पणी गरिहाल्ने बेला नभएको भनी मलेसियाका लागि इन्डोनेसियाली राजदूत रुस्दि किरानाले बताएका छन् । – एपी