काठमाडौं, १६ असोज । अमेरिकाको लस भेगसमा भएको गोलीकाण्डमा मारिनेहरुको संख्या कम्तीमा ५० पुगेको अधिकारीहरुले बताएका छन् ।
एउटा सांगीतिक कार्यक्रम चलिरहेका बेला नजिकैको होटलको ३२औं तलाबाट बन्दुकधारीले गोली चलाउँदा दुई सय जनाभन्दा बढी घाइते भएको बताइएको छ ।
आक्रमणकारी स्थानीय ६४ वर्षीय स्टेफेन प्याडोक भएको प्रहरीले जनाएको छ ।
बन्दुकधारीलाई प्रहरीले गोली हानी मारिदिएका छन् । अमेरिकी इतिहासमा यो सबैभन्दा भयानकमध्येको एक गोलीकाण्ड हो । बन्दुकधारी कुनै लडाकु समूहसँग आवद्ध नरहेको अधिकारीहरुले विश्वास गरेका छन् ।
बन्दुकधारीसँग एक जना महिलासँगै रहेको र उनको खोजी भइरहेको बताइएको छ ।
















प्रतिक्रिया