आबिष्कार खनाल
बुटवल । पोखरामा केन्द्रीय कार्यालय रहेको विश्व विकास बैक लिमिटेड गोलपार्क शाखाले आफ्नो प्रथम बार्षिक उत्सवको अवसरमा बृद्धबृद्धालाई खाद्य सामाग्री वितरण गरेको छ ।
बुटवल– ४ पारी बुटवलमा रहेको सिद्धबाबा दुर्गा भवानी शिव कुमारी सैंजु बृद्धाश्रमका सात जना बृद्धबृद्धाहरुलाई लत्ता कपडा तथा बिष्कुट वितरण गरिएको हो । सो अवसरमा बैंकका क्षेत्रिय प्रबन्धक मिलनकुमार पुन, गोलपार्क शाखा प्रबन्धक दिपक न्यौपाने, केन्द्रीय कार्यालयका सबिना मर्हजन, सन्तोष पोखरेल लगायत गोलपार्क शाखाका सम्पूर्ण कर्मचारीहरुको उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै शाखा प्रबन्धक दिपक न्यौपानेले यसरी नै सामाजिक कार्यलाई बैंकले आगामी बर्षहरुमा पनि निरन्तरता दिने बताउनुभयो ।












प्रतिक्रिया