२९ आश्विन २०८३, बिहिबार

२० किलो चाँदी र पाँच तोला सुनसहित दुई भारतीय पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Taskari-Gold-850x636रौतहट, २२ कात्तिक । रौतहट प्रहरीले २० किलो चाँदी र पाँच तोला सुनसहित दुई भारतीयलाई शनिबार बिहान पक्राउ गरेको छ ।

नेपालबाट भारतको बैरगनिया जाँदै गरेका बिआर३०जे १२०६ नम्बरको भारतीय मोटरसाइकलमा गौरबाट बैरगनिया जाँदै गरेको अवस्थामा गौर नगरपालिका–२ बाट प्रहरी नायब निरीक्षक अरुणकुमार कुशवाहको नेतृत्वमा रहेको प्रहरी टोलीले उनीहरुमाथि शङ्का लागि चेकजाँच गर्दा झोलामा राखेको २० किलो चाँदी र पाँच तोला सुनको बिस्कुट बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारत बैरगनिया घर भएका २० वर्षीय रविकुमार सोनी र सोही स्थानका १८ वर्षीय रोहितकुमार गुप्ता रहेको रौतहटका प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले बताउनुभयो ।

पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ । रासस