३० आश्विन २०८३, शुक्रबार

‘बेलायतमा आतङ्कवादको खतरा घट्दो क्रममा’

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २ असोज । दुई दिन पहिले लण्डनमा एक भूमिगत रेलमा आक्रमण गरी ३० जना घाइते भएपनि संयुक्त अधिराज्यले आइतबार आफ्नो देशमा आतङ्कवादी खतरामा कमी आएको जनाएको छ ।

बेलायती गृहमन्त्री अम्बर रुदले बेलायतमा आतङ्कवादीहरूले एकाध घटना गराएपनि समग्रमा यहाँको सुरक्षास्थिति मजबुत रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “संयुक्त अधिराज्यमा आतङ्कवादीबाट रहेको खतराको तह ‘सङ्कटग्रस्त’ अवस्थाबाट केही सुधार भई ‘गम्भीर’ अवस्थामा आएको छ ।”

बेलायतले लण्डनको भूमिगत रेलमा भएको घटनामा सम्लग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएपछि उक्त भनाई बाहिर ल्याएको हो । प्रहरीले सम्लग्न भएको आरोपमा अन्य केही जनाको खोजी गरिरहेको छ । – सिन्ह्वा