काठमाडौं । प्रहरी अधिकारीहरूमा प्रचारको भोक यति धेरै छ कि फेसुबुकमा फ्यानपेज समेत बनाएर उनीहरू आफ्नो बढाईचढाई हल्ला गर्न थालेका छन् । प्रहरीका केही राम्रा अधिकारीहरू समेत आफूले गरेको भन्दा धेरै फेसबुक प्रचारमा लागेका छन् । राम्रो काम गरे पनि काम गरेभन्दा धेरै प्रचार खोज्ने स्वभाव भएका प्रहरी अधिकारीका रुपमा नारायणी अञ्चल प्रहरी प्रमुख एसएसपी सर्वेन्द्र खनाल चिनिन्छन् । फेसबुकमा आफ्नो फ्यान पेज बनाएर उनी यतिबेला काठमाडौं प्रहरीमा रहँदादेखिको कामको फोटो राखेर प्रचार गरिरहेका छन् ।
खनाल नारायणी अंचलमा सरुवा भएपछि उनले तराईको पुलिसिङमा ठूलै परिवर्तन ल्याएका छन् । यसअघि घुमुवा परिचलान गरी घुस उठाउने कार्यालयमा सिमित रहेको अञ्चल प्रहरी कार्यालयको अवधारणा नै उनले परिवर्तन गरे । आफ्नो छुट्टै टोली बनाएर अपराध अनुसन्धानमा मात्र लागेनन् सामाजिक सुधारका काममा समेत सक्रिय भएर उनले लोकप्रियता कमाएका छन् । मिडियामा पनि अरुले भन्दा धेरै नै कभरेज पाएका छन् । तर पनि उनको भोक मेटिएको छैन । फेसबुकमा समेत पेज बनाउन लागेर आफ्नो हरेक कामको प्रचार गर्दै आएका छन् ।

त्यस्तै भावी आईजीपीका रुपमा हेरिएका पूर्वाचल प्रहरी प्रमुख डिआईजी नवराज सिलवाल पनि प्रचारमा कम छैनन् । उनले पनि सेलिब्रेटीको जस्तै आफ्नो फेसबुक पेज बनाएका छन् । पूंर्वाचलमा सरुवा भएपछि उनले राम्रो काम गर्नेलाई प्रोत्साहन र गलत गर्नेलाई तत्काल कारबाहीको सिष्टम लागू गरेर केही सुधार गरेका छन् । तर आफ्ना कामको उनी आफैं फेसबुकबाट प्रचार गर्ने शैली गलत भएको चर्चा प्रहरी वृत्तमा छ ।
त्यस्तै पछिल्लो समय फेसबुक प्रचारमा धनुषाका एसपी उत्तम सुवेदी लागेका छन् । जनकपुर बम बिष्फोटमा सभासद् संजय साहलाई सिआईबीले पक्राउ गरेको भएपछि आफुहरूले पक्राउ गरेको भन्दै फेसुबकमा प्रचार गर्न आफैंले आफैलाई फेसबुकमार्फत हिरोका रुपमा प्रचार गर्न थालेका छन् ।
रुपन्देहीका एसपी बिक्रमसिंह थापा पनि प्रचारका भोका मानिन्छन् । तर उनी काम पनि राम्रै गर्ने अधिृकतका रुपमा चिनिन्छन् ।
बाराका एसपी ईश्वरबाबु कार्कीले पनि पछिल्लो समय फेसबुकबाट आफ्नै प्रशंसा गर्दै आएका छन् । प्रहरीमा सर्वाधिक चर्चित एसएसपी रमेश खरेलको समेत फ्यान पेज छ । तर सो पेज खरेलले मात्र नभई अन्य व्यक्तिले नै चलाउछन् । सेती अंचल एसएसपी लब बिष्ट, मेची अंचलका एसएसपी केशरीराज घिमिरे पनि फेसबुक प्रचारमा सक्रिय देखिन्छन् ।
हुन पुलिसिङका क्रममा सूचना लिन र सूचना दिन फेसबुक प्रभावकारी माध्यम बन्ने भएकाले यसको प्रयोग गलत होइन । प्रहरी प्रधान कार्यालयले आफ्नो आधिकारिक फेजबुक पेज नै बनाइसकेको छ ।
तर धेरै प्रहरीले भनेृ आफ्नो व्यक्तिगत प्रचारमा फेसबुकको प्रयोग गर्दै आएका छन् । कतिपयले आफ्नो प्रचारका लागि फेसबुकमा कतिपयलाई खटाउने नै गरेका छन् ।













प्रतिक्रिया