गोरखाबजार, २० कात्तिक । गोरखाको छोप्राक–८ आरुबोटेका यानप्रसाद पोखरेल र सीता धितालले सहकारीलाई जग्गा दान गर्नुभएको छ ।
उहाँहरूले स्थानीय समृद्धि सहकारीलाई एक रोपनी क्षेत्रफलमा फैलिएको जग्गा दिनुभएको स्थानीय बासिन्दा राजेन्द्र पोखरेलले जानकारी दिनुभयो । तरकारी सङ्कलन केन्द्र भवन स्थापनाका लागि उहाँहरूले करिब रु चार लाख मूल्य पर्ने जग्गा सहकारीलाई दान गर्नुभएको हो ।
गोरखाको छोप्राक–फिरफिरे सडकखण्ड र सालबोट हर्मी सडकखण्डमा पर्ने आरुबोटेमा तरकारी सङ्कलन केन्द्र निर्माण गर्न लागिएको हो । रासस













प्रतिक्रिया