२१ कार्तिक २०८३, शनिबार

सर्वोच्च बारद्वारा प्रम राहत कोषमा रु दुई लाखभन्दा बढी सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ भदौ । सर्वोच्च अदालत बार एशोसिएसनले बाढी पहिरो पीडितको सहयोगार्थ ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’ मा रु दुई लाख ३५ हजार ७२५ प्रदान गरेको छ ।

सर्वोच्च बारका अध्यक्ष शैलेन्द्रकुमार दाहालको नेतृत्वमा आज बालुवाटारमा पुगी सो रकम प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरेको सर्वोच्च बारका सचिव विष्णु लुइँटेलले जानकारी दिनुभयो ।

सर्वोच्च बारका पदाधिकारीसहित सदस्यबाट संकलन गरिएको उक्त रकम राहत कोषमा हस्तान्तरण गरेको हो ।

सचिव लुइँटेलले एक नेपालीलाई दुःख पर्दा अर्को नेपालीले सहयोग गर्नुपर्ने सोचका साथ सर्वोच्च बारका सदस्यबीच पैसा संकलन गरी राहत कोषमा पैसा बुझाएको बताउनुभयो । रासस