२१ कार्तिक २०८३, शनिबार

घर पुर्याइदिने भन्दै महिलालाई बाटोमै बलात्कार गर्ने युवक पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

जुम्ला, २३ भदौ । महिलालाई जबर्जस्ती बलात्कार गरेको आरोपमा जुम्लाका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पीडित महिलाको उजुरीका आधारमा गुठीचौर गाउँपालिका–३ जुम्लाका ३५ वर्षीय पारस बुढालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डा तपनकुमार दाहालले जानकारी दिनुभयो ।

पीडित महिलाको उजुरीअनुसार बुढाले यही भदौ १९ गते बेलुका घर पु-याउने क्रममा उनलाई जबर्जस्ती करणी गरेको उजुरीमा उल्लेख भएको उहाँले बताउनुभयो । रासस