२१ कार्तिक २०८३, शनिबार

२१ किलो चरेससहित दुई जना सार्वजनिक

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– आकाश देबकोटा

बाँके, २३ भदौ गते । नेपाल प्रहरीले बाँकेको डुडुवा गाउँपालिकाबाट भारत तर्फ निकासी गर्न लागिएको ठुलो परिमाणको लागु औषध चरेस नियन्त्रणमा लिएको छ ।

संघीय प्रहरी ईकाई कार्यालय नेपालगन्जले शुक्रबार पत्रकार सम्मेलन गरी बरामद गरिएको २१ किलो चरेससहित पक्राउ परेका दुईजनालाई सार्वजनिक गरेको छ ।

प्रहरीले बुधबारसाँझ बाँकेको डुडुवा गाउँपालिका २ नौरीगौरीबाट भारततर्फ चरेस निकासी गर्दै गरेको अवस्थामा डुडुवा २ का ५४ बर्षिय फेरन अहिर र ७० बर्षिय मुरी अहिरलाई पक्राउ गरेको संघीय प्रहरी ईकाई कार्यालय नेपालगन्जका डिएसपी नारायण अधिकारीले बताए । लागु औषध चरेसको मुल्य अन्दाजी तीन लाख ६० हजार रुपिया रहेको अधिकारीले बताए ।