२१ कार्तिक २०८३, शनिबार

चन्द्रौटामा पहिलोपटक शिवराज जेसीज गठन, प्रथम अध्यक्षमा पौडेल सर्वसम्मत

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सीताराम चौधरी

चन्द्रौटा (कपिलवस्तु), २२ भदौ । कपिलवस्तुको चन्द्रौटामा पहिलो पटक शिवराज जेसीज गठन भएको छ । युवाहरुको वृहत भेलाले सरोज पौडेलको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

भेलाले ११ सदस्यीय सचिवालय निर्माण गरेको छ । सचिवालय समितिको महासचिव विजय सापकोटा रहेका छन् । भने प्रथम उपाध्यक्षमा रामचन्द्र केसी र द्वितीय उपाध्यक्षमा खगेन्द्र गिरी सर्वसम्मत चयन भएका छन् ।

यसैगरी ३१ सदस्यीय कार्यसमितिमा ४ जना उपाध्यक्ष चयन गरिएको छ । उपाध्यक्षहरुमा बुद्धिसागर सापकोटा, विष्णु हमाल, खेमराज आचार्य र लेखनाथ पौडेल रहेका छन् । भने सचिवमा मधु सिग्देल र कोषाध्यक्षमा वाई.पी. पौडेललाई भेलाले सर्वसम्मत चयन गरेको बताइएको छ । अन्य सदस्यहरु रहेका छन् । जेसीजको विधान अनुसार १६ देखि ४० उमेर समूहका युवाहरु मात्र संस्थामा आबद्ध हुन पाउने प्रावधान रहेको छ । सोही विधानलाई टेकेर चन्द्रौटा क्षेत्रका १६ देखि ४० वर्ष उमेर समूहका युवाहरु अहिले संगठित भएका हुन् ।

नवगठित शिवराज जेसीजका अध्यक्ष सरोज पौडेलले पछाडि पारिएका वर्ग समुदायको शिक्षा, स्वास्थ्य, जनचेतना लगायतका सवालमा पहुँच अभिवृद्धि गर्ने काममा मुख्य भूमिका खेल्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ । विशेष गरी यस संस्थाले सामाजिक कार्यमा सबैसँग हातेमालो गरी अगाडि बढ्ने अध्यक्ष पौडेलले बताउनुभयो ।

भेलालाई सम्बोधन गर्दै कपिलवस्तु जेसिसका १६औं अध्यक्ष रमेशचन्द्र भुसालले यो संस्था हरेक विचार र आस्था राख्ने युवाहरुको संगठन भएको जानकारी गराउनुभयो । १६ देखि ४० उमेर समूहका युवाहरु मात्र आबद्ध रहेको संस्था भएकाले युवाहरु समाज विकासमा जुझारु भई लाग्न उहाँले सुझाव दिनुभयो । साथै उहाँले नव गठित समितिको कार्यसफलताको शुभकामना समेत दिनुभएको थियो ।